Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राखेप पूर्वसदस्य सचिव सिलवालको रिटको सुनुवाइ हुँदै

    राखेप पूर्वसदस्य सचिव सिलवालको रिटको सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 984
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले बर्खास्त गरेपछि पुनर्बहालीको माग गर्दै दायर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेशकुमार सिलवालको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।

    रिटको पेसी न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ । सरकारले गरेको बर्खास्तीलाई गैरकानुनी भन्दै पुनर्बहालीको मागसहित गत २८ कात्तिकमा रिट दायर गरेका हुन् ।



    भोलिपल्टै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षीको नाममा कारण देखाउसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।



    उनलाई कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले १ कात्तिकमा बर्खास्त गरेको थियो । त्यसअघि भने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई बर्खास्त गरेको थियो ।

    यसपछि सरकारले सोही दिन १९औँ सदस्य सचिवको रूपमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार