Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फिक्सिङको आरोप लागेको लिगको विवाद मिलाउन राखेप र आईसीसीका प्रतिनिधि वार्तामा

    फिक्सिङको आरोप लागेको लिगको विवाद मिलाउन राखेप र आईसीसीका प्रतिनिधि वार्तामा

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 651
    SHARES

    काठमाडौं । नेपाल टी२० लिगमा देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् र आईसीसी जुटेका छन्।

    नेपाली खेलकुदको सर्वोच्च निकाय राखेप र विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका प्रतिनिधि वार्तामा बसेका हुन्।



    आईसीसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार काठमाडौं आएका हुन् ।



    उनीहरूले आज बिहान प्रतियोगिता भइरहेको स्थल त्रिवि क्रिकेट मैदानमा पुगेर खेलाडी, अफिसियल तथा अम्पायरसँग कुराकानी गरेका थिए ।

    नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई व्यापारिक तथा रणनीतिक साझेदार बनाएर आयोजना गरिएको नेपाल टी–२० लिगमा ‘स्पट तथा म्याच फिक्सिङ’ भइरहेको आरोप लागेको छ ।

    लिगको विभिन्न विवादस्पद समाचार बाहिर आएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल टी–२० लिगमा भएको विवादबारे छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका थिए ।

    आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले भने म्याच फिक्सिङ र स्पट फिक्सिङको भ्रम फैलाइएको दाबी गरेको छ।

    लिगमा म्याच फिक्सिङको कुरा उठेपछि अख्तियारले पनि  यसबारे अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार