Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले महाधिवेशन : आजबाट बन्दसत्र शुरु, ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने

    एमाले महाधिवेशन : आजबाट बन्दसत्र शुरु, ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ ।

    नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।



    एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका आज बिहान १० बजे बन्दसत्र उद्घाटन हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन गर्नेछन् ।



    एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार