Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ट्राफिक प्रहरीद्वारा चोरीका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

    ट्राफिक प्रहरीद्वारा चोरीका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षमा हराएका १७६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

    गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको महाशाखाले आज पनि २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो ।



    महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो ।



    महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भुलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

    महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार