Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतबाट लागूऔषध लिएर नेपाल आउँदै गरेका १३ बर्षीय बालक महोत्तरीबाट पक्राउ

    भारतबाट लागूऔषध लिएर नेपाल आउँदै गरेका १३ बर्षीय बालक महोत्तरीबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 774
    SHARES

    महोत्तरी । प्रहरीले लागूऔषधसहित १३ बर्षीय बालकलाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा ती बालकलाई नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीले जनाएको छ ।

    सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर महोत्तरीको औरही नगरपालिका वडा नम्वर ४ कठुधारमा रोकेर चेक जाँच गर्ने क्रममा त्यसमा सबार सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ बस्ने १३ बर्षीय शनि नेपालीको साथबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।



    बालकले कम्मरमा लगाएको बेल्टभित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको नाइटङोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान बरामद भएको उनले बताए ।



    लागूऔषधसहित फेला परेका बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार