Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

    चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

    समाचार संस्था रोयटर्सका अनुसार बुधबार आबेले एक थिंक ट्यांकलाई दिएको भर्चुअल कार्यक्रममा ताइवानको संकट जापानको पनि संकट हुने बताए ।



    ‘ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ,’सम्बोधनका क्रममा आबेले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।’



    पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताउँदै आएका छन् । ‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएका छन् ।

    गत वर्ष स्वास्थ्यका कारण प्रधानमन्त्री पद छाडेका आबे जापानको सत्तारूढ लिबर डेमोक्रेटिक पार्टीको सबैभन्दा ठूलो गुटका प्रमुख मानिन्छन् । उनी अहिले पनि पार्टीभित्र निकै प्रभावशाली भूमिकामा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार