Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वस्तिक बाचन गरेर सुरु भयो राप्रपाको महाधिवेशन, माधव नेपालसहितका नेताहरुको उपस्थिति

    स्वस्तिक बाचन गरेर सुरु भयो राप्रपाको महाधिवेशन, माधव नेपालसहितका नेताहरुको उपस्थिति

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ ।

    बुधबार काठमाडौंको भृकुटीमण्डपमा स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।



    आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।



    शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागीता रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार