Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युरेनियमको नाममा ठगी धन्दा, ढुंगा देखाएर २ करोड ठग्न खोज्ने ३ युवक महाशाखाको फन्दामा

    युरेनियमको नाममा ठगी धन्दा, ढुंगा देखाएर २ करोड ठग्न खोज्ने ३ युवक महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली ‘युरेनियम’ देखाएर ठग्न खोजेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, राजेन्द्र परियार र काठमाडौंको तारकेश्वर नगरपालिका स्थित फुटुङ घर भएका २६ वर्षीय रञ्जित कार्की छन् ।



    महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार पक्राउ परेका युवकहरुले १२ सय ग्रामको दुईवटा ढुंगाजस्तो देखिने वस्तु देखाएर करोडौं ठग्न खोजेका थिए।उनीहरुको साथबाट कालो र सेतो मिसिएको १२ सय ग्रामको नक्कली युरेनियम (ढुंगा) बरामद गरिएको एसपी पंगेनीले जानकारी दिए ।



    उनका अनुसार आरोपीहरुले युरेनियम भनेर सो ढुंगालाई २ करोडमा बेच्न लागेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई बालाजुबाट पक्राउ गरेको हो।

    यस बिषयमा महाशाखाले थप अनुसन्धान गरिरहेको एसपी पंगेनीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार