Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • युरेनियम भनेर बरामद गरिएको वस्तु नक्कली पुष्टि

    युरेनियम भनेर बरामद गरिएको वस्तु नक्कली पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 825
    SHARES

    विराटनगर । युरेनियमको आशंकामा विराटनगरबाट बरामद गरिएको वस्तु नक्कली पुष्टि भएको छ।

    युरेनियमको आशंकामा प्रहरीले बरामद गरेर शंकास्पद वस्तु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाएको थियो। परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको हो।



    प्रहरीले साउन १ र ३ गते विराटनगरका अलगअलग स्थानबाट दुई किलोग्रामभन्दा बढी बरामद गर्दै दुईवटा समूहलाई पक्राउ थियो। युरेनियम भनेर बिक्रीको तयारी गर्दैगर्दा साउन १ गते विराटनगर-९ ट्राफिक चोकबाट उक्त वस्तु एक किलो ८७.३ ग्रामसहित आठ जना पक्राउ परेका थिए। विराटनगर महानगरपालिका-३ दूधफारमनजिकबाट साउन ३ गते नौ सय ७८.६ ग्रामसहित सात जना पक्राउ परेका थिए ।



    उक्त वस्तु युरेनियम नभएको यकिन गरेर विभागले रिपोर्ट पठाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार