Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • युरेनियम कारोबार गरेको आशंकामा हायत होटलबाट पक्राउ परेका ८ जना सार्वजनिक

    युरेनियम कारोबार गरेको आशंकामा हायत होटलबाट पक्राउ परेका ८ जना सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रहरीले दुई किलो आठ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौंबाट पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत बौद्ध टोलीले सोमबार राति हयात होटेलबाट पक्राउ गरेका आठ जनालाई आज सार्वजनिक गरेको हो ।

    काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित ह्यायत रिजेन्सी होटल काठमाडौँको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको कारबाट युरेनियम भनिएको पदार्थ बरामद गरेको हो ।



    प्रति किलो ३५ करोड रुपैयाँमा बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरीले पार्किङ गरी राखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट उक्त युरेनियम बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी आफै ग्राहक बनेर उक्त युरेनियम बरामद गरेको बुझिएको छ । प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित टोलीले भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई युरेनियमसहित नियन्त्रणमा लिएको हो ।



    उनीहरूलाई सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई भारतबाट ल्याएर प्रति किलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ।

    पक्राउ परेकाहरूकै बयानका आधारमा सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका रामकृष्ण लामिछाने, सिराहाका गोपीलाल दास, जीवछ नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएकका उपेन्द्रकुमार मिश्र र भारत घर भएका राजु ठाकुरलाई नियन्त्रणमा लिइएको हो ।

    उनीहरूको साथबाट कार, मोटरसाइकललगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

    यसअघि गत बर्षको शुक्रबार, २८ फाल्गुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार