Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युरेनियम कारोबार गरेको आशंकामा हायत होटलबाट ६ जना पक्राउ

    युरेनियम कारोबार गरेको आशंकामा हायत होटलबाट ६ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रतिबन्धित पदार्थ युरेनियमको कारोबार गरेको आशंकामा बौद्धस्थित हायत रेजेन्सी होटलबाट ६ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेहरुमा सिरहा लक्ष्मिपुर पतरी गाउँपालिकाका गोपिलाल दास, सिरहाकै बरियापट्टीका जिवछनारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, सिन्धुपाल्चोक हेलम्बुका रामकृष्ण लामिछाने, काठमाडौंका भुपेन्द्र खडका र ललितपुरका नवराज महत रहेका छन्।



    महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार उनीहरुलाई प्रहरी वृत्त बौद्धले हायत रेजेन्सी होटलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ किलो युरेनियम जस्तो पदार्थ बरामद गरिएको छ ।



    यद्यपि, बरामद पदार्थ युरेनियम भए/नभएको पुष्टि भइसकेको छैन । बरामद पदार्थ परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

    यसअघि गत बर्षको शुक्रबार, २८ फाल्गुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार