Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • युरेनियम कारोबारको आरोपमा पक्राउ परेका कांग्रेस नेता महत छुटे

    युरेनियम कारोबारको आरोपमा पक्राउ परेका कांग्रेस नेता महत छुटे

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । युरेनियम कारोबारको आरोपमा आरोप पक्राउ परेका ललितपुर कांग्रेसका नेता नवराज महत रिहा भएका छन्।

    महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएकोमा सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुभन्दै फाइल फिर्ता पठाएपछि नेता महत रिहा भएका हुन्।



    प्रहरीले गत गते फागुन ३ गते मंगलबार युरेनियम कारोबार गरेको आशंकामा महतसहित ८ जनालाई हायत होटलबाट पक्राउ गरेको थियो। तर, बरामद भएको पदार्थ युरेनियम प्रमाणित नभएपछि सरकारी वकिलले थप अनुसन्धान गर्न भन्दै फाइल फिर्ता पठाएको स्रोतले अनलाइन नेपाललाई बतायो।



    यस्तै, प्रहरीले त्यतिबेला महतसहित सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका रामकृष्ण लामिछाने, सिराहाका गोपीलाल दास, जीवछ नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएकका उपेन्द्रकुमार मिश्र र भारत घर भएका राजु ठाकुरलाई पक्राउ गरेको थियो।

    नेता महत २०७४ को प्रदेश निर्वाचनमा माओवादी नेता राजकाजी महर्जनसँग पराजित भएका थिए। आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री–वितरणमा उनीहरू संलग्न रहेको प्रहरीको दाबी थियो । प्रहरीले नै ग्राहक भएर उनीहरूसँग खरिदको डिल गरेको थियो ।

    यसअघि गत बर्षको शुक्रबार, २८ फाल्गुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको थियो। यद्यपि त्यसबेलाको युरेनियम भने सक्कली नै पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार