Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेस कर्णाली: सभापतिमा भूपेन्द्रजंग र ललितजंग भिड्दै

    कांग्रेस कर्णाली: सभापतिमा भूपेन्द्रजंग र ललितजंग भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.9K
    SHARES

    सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही र संस्थापन (शेरबहादुर देउवा) पक्षबाट ललितजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

    तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका भूपेन्द्रजंग यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् । भूपेन्द्रजंगले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस गरिसकेका छन् ।



    यस्तै, जुम्लाका ललितजंग तत्कालीन संविधानसभा सदस्य हुन् । यसअघि ललितजंगको ठाउँमा संस्थापन पक्षबाट प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सभापति पदको दाबेदार मानिएको थियो । तर मुख्यमन्त्री शाहीले आफू सभापतिको आकांक्षी नभएको बताएपछि ललितजंगलाई अघि सारिएको हो।



    कर्णाली कांग्रेसको नेतृत्वमा उनीहरुबीच चुनाव हुने निश्चित भए पनि पदाधिकारीमा उम्मेदवारहरुको टुंगो भने लाग्न सकेको छैन । कर्णालीमा सात सयभन्दा बढी प्रतिनिधिले भोलि मतदान गरेर नेतृत्व चयन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार