Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

    राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन जारी छ। महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।

    काठमाडौंको भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुने बताइएको छ। अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन्। शुक्रबार दुबै पक्षले अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता गराएका छन्।



    महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। विद्युतीय मतदान भएकाले मतपरिणाम पनि छिट्टै घोषणा हुने बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार