Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु: ७ वटा जहाज आकाशमै होल्ड, एउटालाई लखनाउ पठाइयो

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु: ७ वटा जहाज आकाशमै होल्ड, एउटालाई लखनाउ पठाइयो

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण पूर्ण प्रभावित भएको छ । विमानस्थलका अनुसार आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिक दुवै तर्फको उडान तथा अवतरण हुन सकेको छैन ।

    विमानस्थलमा भिजिबिलिटी कम हुँदा सातवटा जहाजहरु आकाशमै होल्ड भएका छन् भने एउटा जहाज भारतको लखनउ डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।



    आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको प्रवक्ता ठाकुरको भनाइ छ।



    हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार