Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौँ प्रशासनको सूचना- पासपोर्टका लागि आवेदन दिएकाहरुले सम्पर्क राख्नु

    काठमाडौँ प्रशासनको सूचना- पासपोर्टका लागि आवेदन दिएकाहरुले सम्पर्क राख्नु

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत असोज ३१ देखि कात्तिक ५ गतेभित्र पासपोर्टका लागि आवेदन दिनेहरुका लागि एक सूचना जारी गरेको छ ।

    आइतबार काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै उक्त मितिमा पासपोर्टका आवेदन दिएकाहरुले पासपोर्टका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।



    ‘वि.सं.२०७८ असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म फाराम बुझाउने महानुभावहरुको पासपोर्ट यस कार्यालयमा प्राप्त भएको छ, प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।



    साथै, पासपोर्ट लिन आउँदा पुरानो पासपोर्ट भए अनिवार्य, सक्कल नागरिकता वा नावालक परिचयपत्र र बैंक भौचरसाथमा लिएर कार्यालयमा सम्पर्क राख्न समेत काठमाडौं प्रशासनले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार