Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

    भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज हुँदैछ ।

    सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ ।



    यससघि ५ र १७ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि स्थगित गरिएको थियो । १५ सदस्यीय समितिमा अहिले ११ सदस्य रहेका छन् ।



    गत ११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो।

    समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुगेका कारण सुनुवाइ नै हुन सकेको छैन ।

    संसदीय सुनुवाइले अनुमाेदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार