Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सरकारले गर्‍यो ६ राजदूत सिफारिस, अब क्यानाडा बाँकी

    सरकारले गर्‍यो ६ राजदूत सिफारिस, अब क्यानाडा बाँकी

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 786
    SHARES

    काठमाडौं । सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ६ वटा नियोगहरूमा राजदूत सिफारिस गरेको हो ।

    सात नियोगहरूमा राजदूत खाली रहेपनि क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरिएको स्रोतले बतायो ।



    मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ ।



    न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई, कुवेतका लागि राजदूतमा धनश्याम लम्साल, यूएईको राजदूतमा तेजबहादुर क्षेत्री र सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूतमा सिफारिस भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार