Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालमा पनि दुई जनामा भेटियो ओमिक्रोन, मन्त्रालयमा आकस्मिक बैठक

    नेपालमा पनि दुई जनामा भेटियो ओमिक्रोन, मन्त्रालयमा आकस्मिक बैठक

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

    ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय पुरुषलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको हो।



    नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ।

    ओमिक्रोन सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको थियो। पछिल्लो समय अफ्रीका, अमेरिका, युरोप र छिमेकी देश भारत हुँदै नेपाल छिरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार