Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • २३ लाख जरिवाना तोकिएका डाँका मुद्धाका फरार अभियुक्त पक्राउ

    २३ लाख जरिवाना तोकिएका डाँका मुद्धाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले चोरी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका १३ घर भइ काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्‍दै आएका ३८ वर्षीय कुमार भन्‍ने तेजबहादुर मगर रहेका छन् ।



    प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतले २०७३ चैत १७ गते ल्‍यापटप चोरी मुद्धामा उनीविरुद्ध २२ लाख ११ हजार ९६० रुपैयाँ जरिवाना सुनाएको थियो ।



    पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा  उपस्थित गराइएको महानगरीय परिसरले जनाएको छ ।

    यसअघि पनि उनी डाँका मुद्धामा ८ वर्ष कैद भुक्तानी गरी जेलमुक्त भएको प्रहरीले उल्लेख गरेको  छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार