Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्वयम्भूमा मदिरा सेवनपछि आफ्नै साथीले गरे बन्चरो र चक्कुले टाउकोमा हानेर हत्याको प्रयास

    स्वयम्भूमा मदिरा सेवनपछि आफ्नै साथीले गरे बन्चरो र चक्कुले टाउकोमा हानेर हत्याको प्रयास

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले आफ्नै साथीको हत्याको प्रयास गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ४८ बर्षीय मिलन खत्री रहेका छन्।

    परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंको स्वयम्भूस्थित ग्रिल कारखानामा काम गर्ने उनीहरुबीच मदिरा सेवनपछि विवाद भएको थियो। विवादका क्रममा खत्रीले नुवाकोटको विदुर नगरपालिका–१ घर भएका २३ वर्षीय विकास आचार्यको हत्या गर्ने प्रयास गरिएको छ ।



    ठाडो भर्‍याङस्थित धर्म राउतले सञ्चालन गरेको कारखानामा सँगै काम गर्ने ४८ वर्षीय मिलन खत्रीले फलामको चक्कु र बन्चरो प्रहार गरेर हत्या प्रयास गरेका थिए । आचार्यको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।



    खत्रीले चक्कु र बन्चरोले हिर्काउँदा आचार्यको गर्धन र टाउकोमा गहिरो चोट लागेको एसपी मैनालीले जानकारी दिए । आचार्यले आफुलाई जथाभावी गाली गरेपछि आवेगमा बन्चरो र चक्कु प्रहार गरेको मिलन खत्रीले प्रहरीलाई बताएका छन् ।

    घाइतेलाई तत्काल मनमोहन मेमोरियल अस्पताल र त्यहाँबाट ट्रमा सेन्टरमा रिफर गरिएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूले आरोपीलाई ‘ज्यान मार्ने उद्योग’ मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार