Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गोंगबु नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    गोंगबु नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार गत पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३३ बर्षीया एक महिला दुई दिनसम्म सामूहिक बलात्कारमा परेकी हुन्।



    पीडित महिलाको बयानका आधारमा घटनाको अनुसन्धान गर्दा ९ जनाको संलग्नता रहेको त्यसमा ७ जना पक्राउ परेको एसएसपी गिरिले बताए । फरार दुई जनाको खोजी भइरहेको जानकारी दिए।



    एसएसपी गिरीका अनुसार पक्राउ पर्नेहरुमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, दिपक नेपाली, शिबहरी बुढा, सुरेर सेजुवाल र अर्घाखाँचीको गोपाल कुमार शिरिष रहेका छन्।

    घटना यस्तो थियो:

    काठमाडौंमा काम खोज्न भन्दै पुस १२ गते सुर्खेतबाट आएकी महिलालाई मुगुका युवराज बडुवालले काम लगाइदिने भन्दै गेस्ट हाउस लगे। त्यहाँ बडुवालले मुगुकै अर्का साथी हिक्मत नेपालीलाई पनि बोलाएर र महिलामाथि सामूहिक बलात्कार गरे।

    त्यसको भोलिपल्ट थप ७ जनाले युवतीमाथि बलात्कार गरेको पीडितले बताएकी छिन् । तीन फरक फरक गेस्ट हाउसमा पुर्‍याएर पटक पटक सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।

    पीडित महिलाको उजुरीपछि प्रहरीले सामूहिक बलात्कारमा संलग्नहरुको खोजी थालेको थियो। प्रहरीले उनीहरुलाई पीडित महिलाले भनेको आधारमा सीसीटीभी फुटेज, हुलिया आदीका आधारमा पक्राउ गरिएको जनाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी गिरीले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार