Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • जन्मदिन मनाउन बोलाएर १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार‚ ७ जना पक्राउ

    जन्मदिन मनाउन बोलाएर १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार‚ ७ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 942
    SHARES

    नेपालगञ्ज । बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकमार्फत चिनजान भएकी १६ वर्षीया किशोरीलाई जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार गरिएको हो ।

    फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि बोलाएर हेमराजलगायत ७ जनाले बलात्कार गरेको खुलेको छ । प्रहरीले सातै जनालाई पक्राउ गरेको छ ।



    बाँके प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको हो । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।



    बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्‍याउन जाँदा तीन जना सवार भएकाले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटनाको बारेमा पत्ता लागेको हो ।

    अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।

    किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरुले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले थप ५ जनालाई पक्राउ गरेको प्रहरी कार्यलय बाँकेले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार