Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आफ्नै डेथ सर्टिफिकेट बोकेर हिँडिरहेका चिनियाँ नागरिक त्रिपुरेश्वरबाट पक्राउ

    आफ्नै डेथ सर्टिफिकेट बोकेर हिँडिरहेका चिनियाँ नागरिक त्रिपुरेश्वरबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले आफ्नै नक्कली मृत्यु प्रमाण-पत्र (डेथ सर्टिफिकेट) बोकेर हिड्दै गरेका एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईजे०५०९२७७ नम्बरको राहदानी वाहक वाङ याङ छन् ।

    परिसरका एसपी दिनेशराज मैनालीका अनुसार गत माघ २५ गते (मंगलबार) काठमाडौंको टेकुस्थित अस्पतालमा नक्कली डेथ सर्टिफिकेट बोकेर १ जना हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी बृत्त कालीमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।



    पक्राउ परेका उनको साथबाट नक्कली डेथ सर्टिफिकेट र पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी कागजपत्र समेत बरामद गरेको छ। प्रहरीका अनुसार चिनियाँ नागरिक वाङले ग्रीन सिटी अस्पतालको नामबाट जारी भएको नक्कली डेथ सर्टिफिकेट बोकेका थिए।



    वाङविरुद्ध अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्‍त भइ महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको एसपी मैनालीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार