Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गोंगबुमा ३४ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने ९ जना पुर्पक्षका लागि थुनामा

    गोंगबुमा ३४ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने ९ जना पुर्पक्षका लागि थुनामा

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंं जिल्ला अदालतले एक महिलालाई जवजस्ती करणी गरेको अभियोगमा ९ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत पुस १२ गते साँझदेखि १३ गतेसम्म काठमाडौं–२६ गोंगबु इलाकाको मित्रनगर स्थित गेष्टहाउसहरुमा उनीहरुले एक ३४ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको भन्दै महानगरिय प्रहरी परिस काठमाडौंले २४ घण्टाभित्रै पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

    प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा गेष्‍टहाउस सञ्‍चालकहरुको समेत गम्भीर लापरबाही देखिएको भन्दै गेष्टहाउस सञ्चालक तीन जनामाथि समेत अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकील कार्यालय, बबरमहलमा बुझाइएको थियो ।



    सरकारी वकीलको कार्यालयमार्फत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी, थुन छेक बहस पश्‍चात आज अदालतले जवरजस्ती करणी (जजक) मा संलग्न ९नौ जना अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीहरुलाई श्री कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा थुनामा लगिएको छ ।



    त्यस्तै प्रहरीले अनुसन्धानको दायरामा ल्याएका होटल सञ्‍चालकत्रयसँग भने जनही ३/३ लाख धरौटी माग गरिएको छ । ‘पीडित’ महिलाले आफूमाथि सामूहिक करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो। उनीहरूले गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ।

    पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, वडा– ११ का २४ वर्षीय चन्द्र साउद, २५र२६ वर्षीय हस्त नेपाली रहेका छन्। त्यस्तै, सोही नपा–६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका थिए । उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौंमा बसिरहेका थिए। उनीहरुमध्ये केहीको भिसा लागिसकेको बताइएको छ।

    कानूनमा १८ वर्ष वा सोभन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ । यदि बलात्कार सामूहिक भए थप ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार