Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता गराएका अजित १० बर्षपछि पुगे प्रहरी खोरमा

    पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता गराएका अजित १० बर्षपछि पुगे प्रहरी खोरमा

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.5K
    SHARES

    सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीलाई पक्राउ गर्न सफल भएको छ।

    प्रहरीका अनुसार सुनसरीको साविक चाँदबेला -१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँ १० बर्षपछि पक्राउ परेका हुन्। उनले पक्राउ पर्नबाट बच्न आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको अनुसन्धानमा खुल्न आएको सुनसरी प्रहरीले जनाएको छ।



    घटनापछि फरार रहँदै आएका मियाँ सोमबार घर नजिकैबाट पक्राउ परेका हुन् । तत्कालीन भादगाउँ सिनवारी-६ (हाल रामधुनी- ५) बस्ने जैयस कुमार साहको घरमा १७ भदाै २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो । अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए ।



    उनीहरू तीनै जनालाई जिल्ला अदालतले ११ असार २०७५ मा जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए ।

    उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए ।

    घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ। पक्राउ परेका मियाँलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेस गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार