Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माओवादी केन्द्रको कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन

    माओवादी केन्द्रको कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । नेकपा(माओवादी केन्द्र)ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले शुक्लाफाँटा र दोधारा–चाँदनी नगरपालिकाबाहेक बेदकोट, कृष्णपुर, भीमदत्त, पुनर्वास, बेलौरी नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।

    नगर र गाउँ सम्मेलनको आयोजना गरी सर्वसम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको पार्टीका जिल्ला समिति सदस्य एवं युथ कम्युनिष्ट लिग(वाइसिएल)का सुदूरपश्चिम सहसंयोजक अर्जुन साउदले बताए ।



    उनका अनुसार बेदकोट नगरपालिकामा लाल परियारको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति चयन गरिएको छ । बेलडाँडी गाउँपालिकामा डम्बर शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ समिति चयन गरिएको छ ।



    पुनर्वास नगरपालिकामा धोखे रानाको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति चयन गरिएको जिल्ला समिति सदस्य साउदले जानकारी दिए । भीमदत्त नगरपालिकामा अशोक चन्दको अध्यक्षतामा ६५ सदस्यीय, कृष्णपुर नगरपालिकामा जोगराज चौधरीको अध्यक्षतामा ६५ सदस्यीय, लालझाडी गाउँपालिकामा फुलाराम चौधरीको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको छ ।

    “दोधारा–चाँदनी नगरपालिकामा मङ्गलबार नयाँ नेतृत्व चयनका लागि सम्मेलनको आयोजना भएको हो”, जिल्ला समिति सदस्य साउँदले भने, “बुधबारसम्म नयाँ नेतृत्व चयन भइसक्छ । शुक्लाफाँटा नगरपालिकामा नयाँ नेतृत्वका लागि आकाङ्क्षी धेरै भएकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।”

    माओवादी केन्द्रले सम्मेलनको आयोजना गरी नगरपालिका र गाउँपालिमा चयन गरेको नयाँ नेतृत्वमा सबै जना युवा रहेका छन् । पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार सम्मेलनबाट समावेशीताका आधारमा नयाँ नेतृत्व चयन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार