Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अछामका सिडिओको सरुवा, गृहमन्त्री खाणले रुपन्देहीका सहायक सिडिओलाई अछाम पठाए

    अछामका सिडिओको सरुवा, गृहमन्त्री खाणले रुपन्देहीका सहायक सिडिओलाई अछाम पठाए

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । अछामका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्री बालकृष्ण खाणले त्यहाँका सिडिओको सरुवा गर्दै अर्का एक जनालाई अछाम पठाएका छन्।

    बुधवार उप–सचिव विश्वराज मरासेनीलाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवादी दिइएको छ।



    मरासेनी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए।



    गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीका अनुसार अछाममा कार्यरत रुद्र बहादुर मल्ललाई सरुवा गरेर मरासेनीलाई पठाउने निर्णय गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार