Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठक: तीन प्रस्ताव पारित (सूचीसहित)

    कांग्रेस केन्द्रीय समिति बैठक: तीन प्रस्ताव पारित (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 855
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ ।

    बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।



    बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जतिपनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिए ।



    बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिए । प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिए ।

    प्रवक्ता शर्माले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिए ।

    बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अनुपस्थित रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार