Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा बिक्री गर्न लगिएका महिला र बालिकाको प्रहरीद्वारा उद्धार

    भारतमा बिक्री गर्न लगिएका महिला र बालिकाको प्रहरीद्वारा उद्धार

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ ।

    झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो ।



    दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा उनीहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

    उक्त मानव बेचबिखन कसुरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार