Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २५४ कोरोना संक्रमित थपिदा २३४ निको, १ जनाको मृत्यु

    २५४ कोरोना संक्रमित थपिदा २३४ निको, १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा नेपालमा २५४ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार २६८ जनामा पीसीआर परीक्षण गर्दा २४२ जनामा र २ हजार ४१४ जनामा एन्टीजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार २२२ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ७८२ पुगेको छ ।



    २४ घण्टामा २३४ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।



    आइतबार १ जना मृतक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ । २४ घण्टामा ६९ हजार ५८० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार