Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस महाधिवेशनमा कालो धनको चर्चा, स्विस बैंकमा अर्बौ लुकाउने बजगाई केन्द्रिय सदस्यमा लड्दै

    कांग्रेस महाधिवेशनमा कालो धनको चर्चा, स्विस बैंकमा अर्बौ लुकाउने बजगाई केन्द्रिय सदस्यमा लड्दै

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महाधिबेशनमा राजेन्द्र बजगाईको अस्वभाविक चर्तिकला देखेर कार्यकर्ताहरु अचम्मित भएका छन् ।

    केन्द्रिय सदस्यमा उम्मेदवार बनेका बजागाईले प्रचारका लागि भन्दै केही युवाहरूलाई सुन्तला रंगको ज्याकेट लगाएर घुमाए । प्रचारका लागि १५ र २० जना युवाहरूलाई सुन्तला रंगको ज्याकेट लगाइदिएर बजगाईले महाधिवेशनस्थलमा घुमाएका थिए ।



    गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित बनेर आएका बजगाईले महाधिवेशनस्थल आसपासमा महँगा र भड्किला प्रचार सामग्रीहरू राखेको अझै देख्न सकिन्छ । बजगाईले थापाथली, माइतीघर, बागबजार, पुतलीसडकसहितका मुख्य चोकहरूमा  आफ्ना प्रचार सामग्रीहरू राखेर मत मागेका छन् ।



    १३औँ महाधिवेशनमा पनि बजगाईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । त्यस बेला पनि करोडौँ रुपियाँ खर्च गरेको कांग्रेसभित्र चर्चा चलेको थियो । करोडौँ रुपियाँ खर्च गदा पनि बजगाईको ‘जमानत जफत ’ भएको थियो ।

    क्यासिनोमा जुवा खेलाएर अकुत सम्पत्ति कमाएका कांग्रेस नेता बजगाईमाथि सम्पत्ति शुद्धिकरण बिभागले छानविन गरिरहेको छ। बजगाई प्रधानन्यायाधिस चोलेन्द्रशमशेर राणाका भाई प्रभुशमशेरका बिचौलियाका रुपमा परिचित छन्। बजगाई शेखर कोइराला समुहबाट केन्द्रिय सदस्यको टिममा परेका छन् ।

    अहिले कांग्रेस सभापतिमा चुनाव लडेका शेखर कोइराला र महामन्त्रीमा उठेका युवा नेता गगन थापालाई बजागाई जस्ता बिबादास्पद र शंकास्पद कारोबारीले गर्दा भित्रभित्रै समस्या परेको कोइराला निकट एक नेताले वताएका छन्।

    को हुन बजगाई ? 

    गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पुर्याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल भित्र्याउनेहरुको सूचीमा पर्यटन ब्यवसायी राजेन्द्र बजगाईको नाम पनि आएको थियो ।

    खोज पत्रकारिता केन्द्र (खोपके) को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको नेपाललिक्स २०१९ मा बजगाईको नाम पनि थियो ।

    बजगाईको पनि विदेशमा लगानी रहेको देखिन्छ । बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाईले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका छन् ।

    गोरखा इन्काउन्टर्सलाई पछि नाम परिवर्तन गरी ‘द हिमालयन एडभेन्चर लिमिटेड’ बनाइएको थियो । नाम परिवर्तन भएको कम्पनीका लगानीकर्तामा लन्डन निवासी लेखनाथ पाण्डे, ब्रिटिश नागरिक म्यागी मग्वाया र नेपाली नागरिक बजगाई शेयर सदस्य छन् । पाण्डे गैरआवासीय नेपाली हुन् भने बजगाई नेपालमै बसोबास गर्ने पर्यटन व्यवसायी हुन् ।

    बजगाईले नेपालमा पनि ‘गोरखा इन्काउन्टर्स’ कम्पनीको नामबाट पर्यटन व्यवसाय गर्दै आएका छन् । उनले नेपालमा २०५५ सालमा कम्पनी दर्ता गरेका हुन् । त्यसको पाँच वर्षपछि अर्थात् सन् २००४ मा नेपालमै व्यवसाय गरिरहेको कम्पनीको नाम राखेर लन्डनमा नयाँ कम्पनी खोलेको देखिन्छ ।

    बजगाईले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन् । उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ । बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा लगानी आएको देखिन्छ ।

    यो लगानी हङकङ, ब्रिटिश भर्जिन आइल्यान्डस् र बेलायतका तीन कम्पनीसाग सम्बन्धित छ । ती कम्पनीहरूमा हङकङको ‘आईआरपी एशिया लिमिटेड’ अन्तर्गत ‘सिल्भर हेरिटेज लिमिटेड’, ब्रिटिश भर्जिन आइल्यान्डस्को ‘सिल्भर हेरिटेज लिमिटेड’ र बेलायतको ‘सिल्भर हेरिटेज लिमिटेड’ हुन् । बजगाईसँग साझेदारी गर्ने गरी लन्डनका नागरिक डेविड फ्रयांकेलले पनि २ करोड २५ लाख रुपैयाँ विदेशी लगानी ल्याएका छन् ।

    खोपकेका अनुसार बेलायतमा आफ्नो नाममा कम्पनी रहेको बजगाईले स्वीकार गरेका छन् भने ब्रिटिस भर्जिन आइल्याण्डबाट लगानी भित्र्याउन सरकारले स्वीकृति दिएको बताएका छन् ।

    गोरखा घर भएका बजगाई कसरी १५ बर्षको बीचमा अरबौंका मालिक भए ?  सामान्य पर्यटन ब्यवसायी उनले ब्रिटिस भर्जिन आइल्याण्डमा नेपालकै कालोधन लगी नेपालमा विदेशी लगानी भनेर ल्याएर बैधानिक बनाएको उनलाई चिन्नेहरु बताउँछन् ।

    बजगाईको ब्यवसायमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.मिनेन्द्र रिजालसमेत जोडिने गरेका छन् । रिजालले सूचना तथा संचार मन्त्री हुँदा ठूलो रकम घुस खाएर हुवावेलाई टेलिकमका अरबौंका ठेक्का दिएका थिए । उनले टेलिकममा प्राविधिकलाई प्रबन्ध निर्देशक नबनाई चार्टर्ड एकाउन्टेन्ट बुद्धि आचार्यलाई बनाउने क्रममा समेत आर्थिक चलखेल गरेको आरोप लागेको थियो ।

    संचार मन्त्रालयमा हुँदा कमाएको कालोधन उनले राजेन्द्र बजगाईमार्फत् लगानी गरेका छन् । जुन कालोधन बजगाईले ब्रिटिस भर्जिन आइल्याण्डबाट बैदेशिक लगानी भनेर नेपालमा भित्र्याएको आशंका गरिएको छ ।

    पछिल्लो समयमा नेताहरुले भ्रष्टाचारको धन घरजग्गामा भन्दा तेस्रो ब्यक्तिमार्फत् लगानी गर्ने गरेका छन् । जसको कुनै प्रमाण नभएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार