Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय सदस्यमा डन लामाले चुनाव जित्दै, क्यासिनो माफिया बजगाई पछि परे

    कांग्रेस केन्द्रीय सदस्यमा डन लामाले चुनाव जित्दै, क्यासिनो माफिया बजगाई पछि परे

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदमा थरीथरीका अनुहारहरु अग्र पंक्तिमा रहेका छन्।

    नेविसंघको राजनीतिबाट उदाएका कुन्दन काफ्लेदेखि प्रेस युनियनबाट राजनीति सुरु गरेका युवा पत्रकार अजयबाबु शिवाकोटी ३५ जनाको खुलातर्फको सूचीभित्र रहेका छन्।



    कांग्रेस निर्वाचन समितिका अनुसार ३,५९५ मत गन्दा गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामा समेत ३५ जनाभित्र अटाउन भ्याएका छन् । लामा बिजय उन्मुखतर्फ रहेको भन्दै सामाजिक सञ्जालबाट बधाई समेत आउन थालेको छ।



    त्यस्तै, चुनावमा पैसाको खोलो बगाएर चर्चा कमाएका अबैध सम्पतिका मालिक राजेन्द्र बजगाईंले हार्ने निश्चित रहेको छ। बजगाईमाथि सम्पति शुद्दिकरण अनुसन्धान बिभागले अनुसन्धान थालेसँगै उनले सामाजिक सञ्जालमार्फत बिलौना गरिरहेका छन् ।

    बजगाई बिदेशमा अर्बौं सम्पति लुकाउनेको सूचीमा समेत परेका थिए। बजगाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेरको बिचौलियाको रुपमा पनि चिनिन्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार