Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस महाधिवेशन : मन्त्रीदेखि नेविसंघका नेता पराजित हुँदा डन निर्वाचित

    कांग्रेस महाधिवेशन : मन्त्रीदेखि नेविसंघका नेता पराजित हुँदा डन निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा गणेश लामा निर्वाचित हुँदा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीदेखि नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य पराजित भएका छन् ।

    ३५ जना निर्वाचित हुनेमा मनोजमणि आचार्यले ३६ औँ मत प्राप्त गरे । उनलाई कृष्णकिशोर घिमिरेले जितेका छन् । घिमिरेले १७०७ मत प्राप्त गरेका छन् भने आचार्यले १६५४ मत पाएका छन् । रोल्पाली आचार्य इमान्दार नेताका रुपमा चिनिन्छन्।



    त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि पराजित भएका छन् । उनले १६४४ मत पाए ।  वीरेन्द्रप्रसाद कनौडिया ९१५१९०, मंगलप्रसाद थारु ९१५१७०, लोकेश ढकाल ९१४९५०, तीर्थराज खनियाँ ९१४८२० र यज्ञबहादुर थापा ९१४६०० पराजित भएका छन् ।



    खुला केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुनेमा ९९ जनाको उम्मेदवारी परेको थियो । केन्द्रीय सदस्यमा निर्वाचित भएकामध्ये अजयबाबु शिवाकोटी पत्रकार हुन् । त्यस्तै कुनै बेला डनको रुपले चिनिने गणेश लामा पनि निर्वाचित भए ।

    निर्वाचित हुनेको सूचीमा गणेश लामा ३० औ नम्वरमा परे भने अजयबाबु शिवाकोटी २९ औ नम्वरमा परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार