Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रोचक बन्दै कांग्रेस महाधिवेशन, गृहमन्त्री खाँड र गणेश लामा देउवा प्यानलको केन्द्रीय सदस्य

    रोचक बन्दै कांग्रेस महाधिवेशन, गृहमन्त्री खाँड र गणेश लामा देउवा प्यानलको केन्द्रीय सदस्य

    अनलाइन नेपाल
  • आइतबार, २६ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन रोचक बन्दै गएको छ । महाधिवेशनको दोस्रो दिन शनिबार भएको उम्मेदवारी दर्ता प्रकृयादेखि नै यस पटकको महाधिवेशन रोचक बन्न पुगेको प्रष्ट देखिन्छ ।

    १४औं महाधिवेशनमा सिनियर र जुनियरको कुनै ‘भ्यालु’ नदेखिएको कांग्रेसी नेताहरु नै बताउन थालेका छन् । सिनियर र जुनियरकै कुरा गर्ने हो भने वर्तमान गृहमन्त्री बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा विद्यार्थी राजनीति शुरु गरेका प्रदिप पौडेल प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा चुनाव लड्दैछन् । तर, उनै खाँड भने सोही प्यानलको केन्द्रीय सदस्यमा खुम्चिन बाध्य छन् ।



    अर्को रोचक पक्ष गृहमन्त्री खाँडसँगै सोही प्यानलबाट कुनै बेला गुण्डा नाइकेको छवी बनाएका काभ्रेली नेता गणेश लामा पनि चुनाव लड्दैछन् । लामाले पनि देउवाकै प्यानलमा केन्द्रीय सदस्य पदमा चुनाव लड्ने मौका पाएका छन् । लामालाई केन्द्रीय सदस्य बनाउन उपसभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदारले लविङ गरिरहेका छन् ।



    देउवा प्यानलको उपसभापतिमा गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्।

    पौडेल कृष्णप्रसाद सिटौलाको कोटाबाट महामन्त्रीमा लड्दैछन् । सिटौलाले देउवासँग सहकार्य गरेका कारण पौडेलले सोही प्यानलबाट महामन्त्रीमा लड्ने मौका पाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार