Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गणेश लामा २ हजार तिरेर छुटे

    गणेश लामा २ हजार तिरेर छुटे

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    कास्की । बिहीबार दिउँसो पक्राउ परेका नेपाली कांग्रेसका युवा नेता एवम् काभ्रे जिल्लाका प्रदेशसभा उम्मेदवार समेत रहेका गणेश लामा रिहा भएका छन् ।

    पक्राउ परेका लामा जिल्ला प्रशासन कार्यालय कास्कीका सीडीओ थानेश्वर गौतमको आदेशमा रिहा भएका हुन्।



    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार सीडीओ  गौतमले नेता लामासहित तीन जनालाई नै रिहा गरेका हुन्।



    लामासहित पक्राउ परेका नेताहरू चन्द्र लामा र रमेश खड्का तीनै जनाले जनही दुई हजार रुपैयाँ जरिवाना बुझाएर रिहा भएको उनको भनाइ छ।

    कुनै बेला गुण्डा नाइकेको छवी बनाएका लामासहित तीन जनालाई लकडाउन उल्लङ्घन गर्दै पोखरा आएको आरोपमा लेकसाइडस्थित एक होटेलबाट प्रहरीले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार