Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित भएका छन्।

    लामाले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन्। जितपछि लामाले पार्टी संगठन विस्तारमा लाग्ने बताएका छन्।



    ‘नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मलाई भारी मतका साथ जिम्मेवारी प्रदान गर्नुभएकोमा प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गतको सबै पालिका प्रमुख ज्युहरु,सम्पूर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधि ज्युहरुमा सदा -सदा सम्मान प्रकट गर्दछु,’ लामाले लेखेका छन्, ‘साथै यो विश्वासलाई कदापि भुल्ने छैन।



    ‘साथै तपाईं सम्पूर्ण नेताहरूको यो उच्च बिस्वास र भरोसालाई पूरा गर्ने प्रतिबद्दता गर्दछु’, लामाले लेखेका छन्, ‘तपाईहरुको विश्वास बमोजिम पार्टीको स्ंगठन विस्तार र तपाईं सम्पूर्णको शिर उच्च राख्न हरेक चुनौतिमा तपाईहरुको साथमा सँधै रहने प्रतिबद्धता ब्यक्त गर्दछु।’

    लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकट मानिन्छन् । लामालाई २०७४ सालमा भएको निर्वाचनमा काभ्रेबाट प्रदेश सभा क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाएको थियो।

    लामा यसअघि गुण्डागर्दीमा कहलिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार