Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मदिराले लठ्ठ बजगाइँसँग ऋषि धमलाको अन्तर्वार्ता [भिडिओसहित]

    मदिराले लठ्ठ बजगाइँसँग ऋषि धमलाको अन्तर्वार्ता [भिडिओसहित]

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँले एक टेलिभिजनमा मदिराकै मातमा अन्तर्वार्ता दिएका छन् । प्राइम टाइम टेलिभिजनमा आइतबार बेलुका अर्थात् घटस्थापनाकै दिन प्रस्तोता ऋषि धमलाले लिएको अन्तर्वार्तामा सांसद बजगाइँ मदिरा सेवन गरेरै पर्दामा उत्रिएका हुन् ।

    कुल २७ मिनेट ५५ सेकेन्ड लामो भिडिओमा सांसद बजगाइँ मदिराले लट्ठिएको अवस्थामा रहेको देखिन्छ । रातो टोपी उल्टो पहिरिएर बजगाइँ टेलिभिजनको पर्दामा देखिन्छन् । अन्तर्वार्तामा धमलाको प्रश्न एकातिर छ भने बजगाइँको उत्तर अर्कै तिर छ । धमलाले कोशीमा त कांग्रेस पार्टी फुट्ने भो नि भन्ने प्रश्न गर्छन् ।



    @ganeshbabughimire87



    ♬ original sound – Ganesh Babu Ghimire

    यता बजगाइँले उत्तरमा कोसी र महाकालीमा पार्टी नफुट्ने दाबी गरेका छन् । संघीय प्रणाली अनुसार नेपालमा हाल कुनै पनि महाकाली प्रदेश नाम छैन । मदिराले लट्ठिएका सांसद बजगाइँको अन्तर्वार्ता लिएर टेलिभिजन प्रस्तोता धमलाले पत्रकार आचारसंहिताको नै धज्जी उडाएका छन् ।

    हुन त धमला बेला बेला विवादित व्यक्तिसँग अन्तर्वार्ता लिने गरेका छन् । उनै धमलाले बजगाइँसँग लिएको अन्तर्वार्ता पनि विवादित बनेको छ । टिकटकदेखि अन्य सामाजिक सञ्जालमा अहिले भाइरल छ । उनको सो भिडिओमा दर्शकहरूले जँड्याहा नेता भन्दै नकारात्मक कमेन्ट गरेका छन् ।

    टिकटकमा राखिएको एउटा भिडिओमा स्याल माइला नाम गरेका व्यक्तिले लेखेका छन्,’हैट के हो झ्यापमा रहिछ यार मैले भोट हालेको माननीय त ।’ यस्तै सोही भिडिओकै कमेन्टमा मृत बयलकोटीले लेखेका छन् ‘हाम्रो क्षेत्रको सांसद कस्तो जडिया परेछ ।’ यसै गरी अर्का युजरले लेखेका छन्, ‘यो माफिया, ठुला कुरा गर्न थालेछ ।’

    यस्तै ‘कुन तोरी लाहुरे पर्‍यो यो, दिउँसै झ्याप,’ अर्का युजर ओम प्रकाश श्रेष्ठले कमेन्ट गरेका छन् । उनले दिएको अन्तर्वार्ताका ससाना क्लिप टिकटकमा भाइरल रहेका छन् । जुनमा पढ्नै नसकिने कमेन्टहरू रहेका छन् ।

    उनी गोरखाको क्षेत्र नम्बर १ का सांसद हुन् । उनलाई उनकै क्षेत्रका जनताहरूले पनि कस्तो नेता छानेर पठाएका रहेछौ भनेर टिकटकमै प्रतिक्रिया दिएका छन् ।

    बजगाइँसँग यसअघि रातोपाटी अनलाइनले पनि अन्तर्वार्ता लिएको थियो । उनी उक्त अन्तर्वार्तामा मदिरा नखाएको अवस्थामा देखिन्छन् ।

    @dirghakhadka187♬ original sound – Dirgha Khadka Official

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार