Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना अपडेट

    ३४१ जनामा कोरोना पुष्टि हुँदा थप ३ जनाको मृत्यु, ३३ जना भेन्टिलेटरमा

    ३४१ जनामा कोरोना पुष्टि हुँदा थप ३ जनाको मृत्यु, ३३ जना भेन्टिलेटरमा

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्‍टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिरएको १३ हजार २३६ नमूनाको परीक्षण ३४१ जनामा कोरोना पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको १० हजार ४१६ नमूनाको परीक्षणमा ३१३ जना र २ हजार ८२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जना संक्रमण पुष्टि भएको हो।



    मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ।

    मन्त्रालयका अनुसार थप ३७६ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ८७ हजार ६६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यस्तै, मुलुकभर हालसम्म १२६ जना आइसीयुमा र ३३ जना भेन्टिलेटरमा उपचारत छन् भने ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार