Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आगोमा जलेर ८ र ३ वर्षिया बालिकासहित तीन जनाको मृत्यु

    आगोमा जलेर ८ र ३ वर्षिया बालिकासहित तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहिका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारकी दुई छोरीको मृत्यु भएको हो ।



    चमारको फुसको कच्ची घरमा आगलागी हुँदा उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ। जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो ।



    आगलागीमा जलेकी उनकै पाँच वर्षीया छोरी सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ ।

    यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार