Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदै

    सर्वदलीय बैठकअघि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 906
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि साझा धारणा बनाउन सत्तारूढ गठबन्धनको छुट्टै बैठक बस्ने भएको छ।

    गठबन्धनका एक नेताका अनुसार बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो। दिउँसो ४ बजेको सर्वदलीय बैठकअघि साझा धारणा बनाउन उक्त बैठक बस्न लागिएको ती नेताको भनाइ छ।



    सर्वदलीय बैठकमा सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा छलफल हुने बताइएको छ।



    बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको उनको सचिवालयले जनाएको छ । यद्यपि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उक्त बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ।

    एमालेले बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई बोलाएकाले आफूहरू सहभागी नहुने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार