Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सर्वदलीय बैठकको निष्कर्ष – जनताको साझा दुःखमा एकै ठाउँमा उभिएर सहकार्य गरौँ

    सर्वदलीय बैठकको निष्कर्ष – जनताको साझा दुःखमा एकै ठाउँमा उभिएर सहकार्य गरौँ

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 489
    SHARES

    काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूले जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।

    सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।



    बैठकले सत्तापक्ष र प्रतिपक्ष भन्ने नभइ जनताको पक्षमा उभिने निष्कर्ष निकालेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।



    “सम्माननीय प्रधानमन्त्रीज्यूले इजरायल घटनाबारे सिंहदरबारमा बोलाएको संसदमा रहेका दलहरूको सर्वदलीय बैठक सकिएको छ । दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेको छ,” मल्लले फेसबुकमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार