Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इजरायलमा रहेका नेपालीको चाँडो उद्धार गर्न सर्वदलीय बैठकमा माग

    इजरायलमा रहेका नेपालीको चाँडो उद्धार गर्न सर्वदलीय बैठकमा माग

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग माग गरिएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेसहितका दलले सरकारसँग यस्तो माग गरेका हुन् । इजरायल घटनामा सबै दल एक ठाउँमा उभिन आह्वान गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेताहरूसँग छलफल गरेको थिए । इजरायल घटनाका सम्बन्धमा सरकारले गरिरहेका कामहरूबारे प्रधानमन्त्रीले बैठकमा ब्रिफिङ गरेका थिए ।



    दलका नेताहरूले इजरायल घटनाका विषयमा आधिकारिक ठाउँबाट सही सूचना सम्प्रेषण गर्न सुझाव दिएका थिए। हमास आक्रमणमा मृत्यु भएका दस जनालाई यथाशिघ्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउनसमेत नेताहरूले सुझाव दिएका छन् ।



    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिओ पोलिटिक्सलाई ध्यानमा राखेर कदम चाल्न सरकारलाई सुझाव दिएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार