Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मुख्यमन्त्री शाहले प्रदेश सभाबाट बहुमत पाउने निश्चित, सर्वदलीय बैठक जारी

    मुख्यमन्त्री शाहले प्रदेश सभाबाट बहुमत पाउने निश्चित, सर्वदलीय बैठक जारी

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 489
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ ।

    सभामुखको कार्यकक्षमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरु सहभागी छन् ।



    सर्वदलीय बैठकमा आजको प्रदेश सभा बैठकको कार्यसूची लगायत विषयमा छलफल भइरहेको छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिंदैछन् ।



    केन्द्रमा नयाँ समीकरण बनेसँगै मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट दुईतिहाइ मत पाउने देखिएको छ ।

    गठबन्धनका दलहरु नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने भएका छन् ।

    एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार