Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.2K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।

    सत्ता साझेदार दल नागरिक उन्मुक्तिको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।



    आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो तर पटक–पटक बैठक सारिएको थियो ।



    अन्तिममा पनि विश्वासको मत नपाउने अवस्था भएपछि मुख्यमन्त्री शाहले साढे ६ बजे प्रदेश प्रमुखको निवास पुगेर राजीनामा बुझाएका हुन् । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार