Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 381
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री शाहले मंगलबार विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन्।



    लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको छ ।



    मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीका ५ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

    नागरिक उन्मुक्तिको समर्थन कायम रहेको अवस्थामा पनि राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले विश्वासको मत नदिए उनको पक्षमा बहुमत पुग्दैन।

    कांग्रेसका १८ र नाउपाका ७ जना गरेर अहिले शाहलाई २५ जनाको समर्थन छ । राप्रपा र स्वतन्त्र सांसदले विश्वासको मत दिएमा मात्र शाहको पक्षमा बहुमत सांसद २७ पुग्नेछन् ।

    तर नाउपाकै किचलोका कारण राप्रपा र स्वतन्त्र सांसद पर्ख र हेरको रणनीतिमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार