Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 306
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

    प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।



    केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बनेका शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।



    केन्द्रमा माओवादी–एमाले गठबन्धन बने पनि सुदूरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ ।

    मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहेका छन् ।

    प्रदेशसभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ ।

    तर नागरिक उन्मुक्तिभित्रको विवादका कारण उनले विश्वासको मत पाउने वा नपाउने भन्ने टुङ्गो छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार