Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस महाधिवेशन

    खुला महिलातर्फको मतगणनामा डिला संग्रौलाको अग्रता, आरजु देउवा तेस्रो स्थानमा

    खुला महिलातर्फको मतगणनामा डिला संग्रौलाको अग्रता, आरजु देउवा तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला रहेकी छिन् ।



    यस्तै, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा रहेकी छिन् ।



    हालसम्म १६ सय मत गन्दा संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएको निर्वाचन समितिले जनाएको छ।

    खुलातर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार