Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमालेले नागरिकलाई अनागरिक बनायो : डिला संग्रौला

    एमालेले नागरिकलाई अनागरिक बनायो : डिला संग्रौला

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 828
    SHARES

    काठमाडौं । सांसद डिला संग्रौलाले एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाइ भएको बताएकी छन्। बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयक २०७९ माथि छलफलमा भाग लिदै सांसद संग्रौलाले यस्तो बताएकि हुन् ।

    प्रतिपक्ष दल नेकपा एमालेले सत्तामा हुँदा एउटा कुरा गर्ने सत्ता बाहिर रहँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाएको उनले आरोप लगाइन्।



    उनले झन्डै चार वर्षसम्म संसदमा अल्झेको नागरिकता विधेयक प्रमाणीकरण भएर आएको भए यतिबेला धेरै मानिसले नागरिकता प्राप्त गरिसक्ने बताइन्।



    उनले दुवै संदनले पठाएका विधेयकहरु प्रमाणीकरण गरेर कानुनको रुप दिएर पठाउनु राष्ट्रपतिको संवैधानिक दायित्व भएको बताइन्। विधेयकलाई अल्झाएर राख्ने समय नभएको भन्दै तुरुन्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्ने बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार