Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कारसम्बन्धी पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन : डिला संग्रौला

    बलात्कारसम्बन्धी पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन : डिला संग्रौला

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 861
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले जबरजस्ती करणी तथा बलात्कारको मुद्दामा झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्ने बताएकी छन् ।

    बुधबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हदम्याद राख्दा निर्दोष फस्ने सवालमा झुटो मुद्दा हाल्नेलाई कडा कारवाही गर्नुपर्ने बताएकी हुन् ।



    उनले भनिन्, ‘प्रमाण नष्ट हुने र निर्दोष फस्ने जस्ता कुरा गरेर पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन ।’



    उनले ‘फौजदारी अपराध संहिता ऐन २०७४ को दफा २२९ अनुसार यदि कसैलाई जबरजस्ती करणी गरेको छ भने पीडितले कसुर भएको मितिको एक वर्षभित्रमा दर्ता गरिसक्नु पर्नेछ’ भन्ने दफामा सबैको ध्यानाकर्षण हुन जरुरी रहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार